सजिलो सस्तो टिकाउ अनी ब्यवसाहीक हिसाबले मुनाफायुक्त इन्टर्लकिङ्ग इट्टा ब्यवसाय:
- २०७२ सालको भुकम्पपछी घर बनाउने नेपालीहरुको रोजाइँमा भुकम्प प्रतिरोधात्मक इट्टा हुन थालयो| त्यस पछाडि बिस्तार भयो इन्टर्लकिङ्ग इट्टा र यसको ब्यवसाय| इन्टर्लकिङ्ग (Interlocking- अर्थात एक अर्कामा Lock भएर नहल्लिने) इट्टा Male – Female आकारमा हुने हुँदा सबैतिर बाट समातिएको हुँँदा भुकम्प जाँदा घर – पर्खाल खस्न दिँदैन| भित्र बिशेष किसिममा प्वाल हरु हुने हुँदा बाहिरको अत्याधिक चिसो वा अत्याधिक तातो भित्र छिर्न दिदैन| बिभिन्न आकारमा बनाउन सकिने इन्टर्लक इट्टा हाल १२ इन्च लम्बाइ, ४ इन्च अग्लो र ६ इन्च चौडाइको मोडेल नेपालमा बिशेष रुचाइेको मोडेल हो, यस्को मिलेको साइज र आकारले गर्दा|
- इन्टर्लक इट्टा ले बनाइएको घर अरु घरको तुलनामा सस्तो हुन्छ, तर बलियो पनि उत्तिकै| सबै इन्टर्लक इट्टा भने एउटै किसिम्ले बलियो भने हुँदैन त्यसकारण घर बनाउँदा इन्टर्लक इट्टा कम्पनी बाट इट्टाको Compressive Strength (बलियोपन) नापेको Certificate हेरेर मात्र खरिद गर्न सुझाब दिइन्छ|
- पोल्नु नपर्ने र २१ दिनमा पूर्णरुपले बलियो हुने यस इट्टा बातावरण मैत्री छ र नेपाल सरकारबाट मान्यताप्राप्त पनि| त्यसैले जो कोहीले ढुक्क भएर घर निर्माण गर्न सक्नुहुनेछ|
कसरी सुरु गर्ने निउनतम लगानीमा इन्टर्लक इट्टा उत्पादन ब्यवसाय ?
- इन्तर्लकिङ्ग इट्टा हाल नेपाली बजारमा बिशेषगरी हिमाली तथा तराइ भेग जहाँ उच्च गर्मी तथा जाडो हुन्छ, जहाँ ढुवानीले गर्दा घर बनाउन इट्टा खरिद गर्न महानग्गो पर्छ त्यहा बिशेष बजार लिएको पाइएको छ| यस इन्टर्लकिङ्ग इट्टा प्रत्यक १० बोरा मा १ बोरा सिमेन्ट, ६-७ बोरा बालुवा वा क्रशर धुलो (Stone Dust) र २-३ बोरा माटो प्रायोग गरेर बनाइन्छ| माटो प्रयोग नगरेको खण्डमा १ बोरा सिमेन्टमा ८ बोरा डस्ट वा बालुवा प्रयोग पनि गरेर बनाउन सकिन्छ|
- सुरुवाती चरणमा २ लाख भन्दा काम मुल्यमा आउने सिङ्गल इट्टा निकाल्ने मेसिन (Single Mould Interlocking Brick Machine) प्रयोग गरेर दैनिक ३०० देही ६०० इट्टा सम्मा बनाउन सकिन्छ|
- बिस्तारइ बजार ब्यवस्थापन पनि गर्दै जाने र क्षमता बृदि गर्न एकैपटक दुई वटा इन्टर्लक इट्टा निकाल्ने मेसिन (Double Mould Interlocking Brick Machine) खरिद गरी क्षमता बृदि गर्न सकिन्छ| पुजीले साथ दिन्छ र बजार राम्रो ओघट्ने क्षमता राख्ने ब्यवसाहीको लागि ठुलो मात्रामा इट्टा उत्पादन गर्न ८ लाख देखी सुरु हुने Hydraulic Machine पनि प्रयोग गर्न सकिन्छ| सेमी र पूर्ण स्वचालित दुबइ मोडेल मा ह्य्ड्रौलिक मेसिन उपलब्ध हुन्छन|
- इन्टर्लक मात्र नभै, यस मेसिनबाट भुइ मा बिछ्य्याउने टाइल पनि उत्पादन गर्न सकिन्छ| यसका लागि छुट्टै मोल्ड (Die) खरिद गरी उत्पादन गर्न सकिन्छ| सामान्यता मोल्डको मुल्य ९० हजार देखी सुरु हुन्छ|
- ग्राहकको आवश्यकअता अनुसार यस इन्टर्लकिङ्ग इट्टामा बिभिन्न किसिमका बुट्टा रखेर पनि मेसिन निर्माण गर्न सकिन्छ| मेसिन हब नेपालले पोखरा र काठमाडौं शाखाबाट हाल देशको सबै जिल्लामा मेसिन उपलब्ध गराइराखेको छ|
- मेसिन हब नेपालले हाल सम्मा २०० भन्दा माथि इन्टर्लक उध्हमी बिकासमा सहयोग तथा मेसिन उपलब्ध गराउदै आएको छ र हाल देशको बिभिन्न ठाउँमा निशुल्क प्रोडक्सन तथा सिप बिकास तालिम दिदै आएको छ|