सिमित अवधीको लागि

सम्पूर्ण मेसिन खरिदमा पाउनुहोस्

सम्पूर्ण उद्धमी नेपालीमा नमस्कार

नयाँ बर्षमा सित्तैमा Site Delivery र Training पाउनुहोस्

भारतको सिक्किम राज्यमा मेसिन हब नेपाल प्रा लि द्वारा निर्मित अल्लो प्रसोधन मेसिनको सफल जडान तथा तालिम सम्पन्न गरिएको छ| हिमाली भेगमा बिशेष गरी पाइने अल्लो , प्रसोधन गर्न निकै अफ्ट्यारो हुने हुँदा २०७३ सालमा बिकास गरिएको यस अल्लो प्रसोधन मेसिन हाल नेपालको २० देखी २५ स्थानमा जडान भाईसकेको छ| यस मेसिनको बिकास २०७३,७४ सालमा UNDP नेपाल सङ्ग संयुक्त साझेदारीमा बिकास भएको मेसिन हो|

 

मेसिन लाई मुख्यतह गरेर ४ देखी ५ भाग (Step) मा बिभाजन गरेर निर्माण गरिएको छ| प्रथम चराण मा अल्लो (हिमाली सिस्नो)को बोक्रा बाट डाँठ हटाउने कार्य गरिन्छ| यो कार्य गर्नको लागि Debarking अर्थात बोक्रा छोडाउने मेसिन (Roller Machine) को प्रयोग गरिन्छ| यसरी निकालिएको बोक्रालाई ताउलो वा कुनै ठुलो भाँडामा पकाइन्छ र पकाएपछी कुट्नु पर्ने हुन्छ| चलिराखेको बिधी भनेको खोला वा कुनै पानी प्रसस्त भएको ठाउँमा गएर मुङ्ग्रो ले दिन भर कुट्ने हो| यसरी कुट्दा १ काम्दारले दैनिक २ देखी ३ के जि कुट्न सक्छन भने मेसिन को प्रयोग गरेर दैनिक १० देखी १५ के जि सम्मा कुट्न सकिन्छ, त्यो पनि कुनै हात्को मेहेनत बिना नै|

 

यस पछी अल्लो लाई सुकाएर मकैको पिठो वा खरानीमा रगड्ने कार्य गरिन्छ, खरानी पिठो मिसाएर मजाले सुकाएपछी कक्रक्क पर्छ जस्लाई खोलेर भुवामा पारीणत गर्नको लागि भुवा खोल्ने Hackling/Combing मेसिन प्रयोग गरिन्छ| खोलिएको भुवालाई मोटर जडित आधुनिक चर्खाबाट धागो निकालिन्छ र अन्तत: तानबाट थान कपडा बुनिन्छ|

 

यसरी अल्लो प्रसोधनमा मेसिन निर्माण गरी नेपाल तथा भारतमा पनि निर्यात गरी रखिएको छ| यो पहिलो जडान भएतापनी थप अरु सहकार्य र प्रस्तवहरु अगाडि बढीराखेका छन|

 

मेसिन हब नेपाल २०७५ साल देखी बिभिन्न निर्माण तथा कृषिका मेशिनरी उत्पादन तथा आयात र निर्यात गर्दछ|